काठमाडौं । दोस्रो टी–२० मा दक्षिण अफ्रिकाले भारतलाई ६ विकेटले पराजित गरेको छ । यससँगै उसले तीन म्याचको सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ ।

कटकमा भएको खेलमा पहिले व्याटिङ गरेको भारत १७.२ ओभरमा ९२ रन जोड्दा अलआउट भयो ।

भारतलाई सस्तैमा समेट्ने क्रममा मोर्कलले १२ रन दिएर ३ विकेट लिए भने इमरान ताहिरले २४ रन दिएर २ तथा क्रिस मौरिसले १६ रन दिएर २ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले १७.१ ओभरमा ४ विकेट गुमाएर ९३ रनको लक्ष्य भेट्टायो । दक्षिण अफ्रिकालाई ५४ बलमा २९ रन चाहिएको अवस्थामा दर्शकले मैदानमा पानीको बाटल हाने, जसका कारण खेल २७ मिनेट रोकियो ।