पथरी। भारतको जोगवनी नाकाबाट ७० वटा मालबाहक सवारी साधन विराटनगर भित्रिएका छन्।   विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार सोमबार साँझसम्म ग्यास र कच्चा पदार्थ र कच्चा पदार्थ बोकेको मालबाहक सवारी साधन नेपाल भित्रिएको हो।

भन्सार एजेन्ट सङ्घ विराटनगरका अध्यक्ष विजेन्द्र परासरले भने – “सामान्य अवस्थामा विराटनगर नाकाबाट मात्रै एक सय इन्धन बोक्ने गाडी नेपाल भित्रने गरेका छन्।”   नेपाल–भारत सीमाअन्तर्गत जोगवनी नाकामा रोकिएका मालबाहक ट्रक र ट्याङ्कर नेपालतर्फ प्रवेश गराउने बारेमा भारतीय भन्सारका अधिकारीसँग पाँचबुँदे सहमति भएपछि मालबाहक सवारी नेपाल भित्रिएका अध्यक्ष परासरले बताए। रासस