यु १९ एएफसी छनोट प्रतियोगितामा नेपालले शुक्रबार आयोजक इरानसँग लज्जास्पद हार ब्यहोरेको छ। शुक्रबार राति भएको खेलमा नेपालले घरेलु टोली इरानसँग १०–० को हार बेहोरेको हो। इरानले पहिलो हाफमा ५ र दोस्रो हाफमा थप ५ गोल गरेको हो।

गत महिना मात्र उन्नाईस वर्षमुनिको साफ च्याम्पियनसिप उपाधि जितेको नेपाली टोलीले इरानसँग निरिह बनेको थियो।

समूह इमा रहेको नेपालले अब आइतबार कुबेतसँग र मंगलबार जोर्डनसँग समूह चरणको खेल  खेल्नेछ।

समूह विजेता १० टिम तथा उपविजेता उत्कृष्ट पाँच टिम बहराइनमा अर्को बर्ष हुने १९ बर्षमुनिको एएफसी च्याम्पियनसिप खेल्नेछन्।