कम्पपछि पटक–पटक अवरुद्ध हुँदै आएको कोदारी राजमार्ग यथाशीघ्र खुलाउन जोडतोडका साथ काम भइरहेको छ । भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधान चल्न सक्ने गरी खुलाएको उक्त  राजमार्ग खुलेको केही दिनपछि सुक्खा पहिराका कारण पुनः अवरुद्ध हुन पुगेको थियो । सिन्धुपाल्चोकका प्रजिअ बलभद्र गिरीका अनुसार अवरुद्ध राजमार्ग सातदिन भित्रै खुलाउने उद्देश्यले ‘हेभी इक्विप्मेन्ट’ प्रयोग गरी तीव्र रुपमा काम भइरहेको छ । राजमार्गको खासगरी लिपिङ र तातोपानी बजार क्षेत्रमा पहिरासँगै खसेका ठुल्ठुला ढुङ्गाका कारण सडक अवरुद्ध भएकाले वरिपरिको बस्तीलाई सुरक्षित तुल्याउँदै विस्फोटन र उपकरणका माध्यमबाट सडकमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको छ । भूकम्पसँगै बाह्रबिसे–तातोपानी सडकखण्डका दशभन्दा बढी स्थानमा साना ठूला पहिरो गएको थियो । सडक डिभिजन कार्यालय चरीकोटको प्रयासमा सडक खुलाउने कार्यलाई तीव्रता दिइएको हो । सडक खुलाउने कार्यलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि सहयोग पु¥याउँदै आएका छन् । “पेट्रोलियम पदार्थको अभाव भएन र लक्ष्यअनुसार काम भयो भने पाँच सात दिनभित्रै पनि सडक सुचारु गर्न सक्छौँ भन्ने नै हो, सुक्खा पहिरोले कत्तिको असर गर्छ भन्ने विषयले पनि सडक कति समयभित्र खुल्छ भन्ने निर्धारण हुन्छ ”, प्रजिअ गिरीले भने । रासस