नेपालमाथि हस्तक्षेप गरि नाकाबन्दी गरेर स्वतत्र देशमाथि हेपाहा चरित्र प्रदर्शन गरेको ठहर गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारत विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

भारत विरुद्ध संघर्षको कार्यक्रम अन्तरगत माओवादीले भोलिदेखि नेपाली भूमिमा भारतीय नम्बर प्लेटको गाडी प्रवेशमा रोक लगाउनुको साथै भारतीय चलचित्र र च्यानल प्रशारणमा रोक लगाउने घोषणा गरेको हो ।

राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भारतको नाकाबन्दी बिरुद्धको विकल्प तत्काल खोजि आफूर्तिका लागि सहज बनाउन सरकारसँग मागसमेत गरेको छ ।

उनले भारतको नाकाबन्दीरुद्ध माओबादीले चरम संघर्ष गर्ने बताए । मधेशी जनताको अधिकारको बहानामा भारत आफ्नो स्वार्थमा लागेको उनको भनाइ छ ।

biplab-bigyapti