अरेबियन मुलकमा उत्पादन भएको तेल भारत हुँदै नेपालमा आउँछ र यसले कैयन उद्योगधन्दा र गाडीहरु चल्छन्। विद्युतबाट चल्ने ट्रली बस भित्राइयो तर राम्रो व्यवस्थापनको अभावमा टिक्न सकेन। जसले गर्दा राजधानीलगायत नेपालभरको यातायातमा तेलको राम्रो खपत भयो। युवा बिदेशिए, जसले गर्दा बस्तुभाउको संख्यामा कमी आयो।
नयाँ गोबर ग्यास प्लान्ट पनि खासै बन्न सकेन। अनि ग्यासको समेत आयात बढ्यो। देशले समयमै परनिर्भरता हटाउन नसेकेका कारण अहिले यो समस्या भोग्नु् परेको हो। अब भने यो अभाबले सबैलाई चेत खुलोस्।