भारतको  रुपैडिया नाकाबाट साँझ ५ बजे सम्म पेट्रोलियम पदार्थ र ग्यास सहित १ सय ५४ वटा मालबाहक ट्रकहरु नेपालगञ्ज भित्रिएका छन।
आज नेपाल भित्रिएका मालबाहक ट्रकहरु मध्ये २ वटा ग्यास बोक्ने बुलेट र ४ वटा हबाई जहाजको इन्धन बोका ट्रयाङकरहरु भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ।
अन्य गाडीहरु मार्फत खाद्यान्न कपडा लगायत अन्य सामाग्रीहरु भित्रिएको  छ।
आज भारतबाट  नेपाल भित्रनु पर्ने ग्यास लगायतका पेट्रोलिय पर्दाथ बोकेका सबै गाडीहरु सहजै नेपाल भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय  नेपालगन्जका प्रमुख श्री चन्द्र श्रेष्ठले बताए।
रुपैडिया नाका हुँदै हिजो मात्रै ३५ वटा पेट्रोलिय पदार्थ बोकेका ट्रयाङकरहरु भित्रिएका थिए। नेपालगञ्जका लागि पेट्रोलियम पदार्थ लिनका  लागि  ३० ट्रयाङकर भारत गएका छन ति गाडी भोलि साझ सम्म नेपालगन्ज आइपुग्ने प्रमुख श्रेष्ठले बताए।
यसै बिच भारतको रक्सौल हुँदै विरगन्ज भित्रने गाडीहरु  ग्यास लगायतका पेट्रोलिय पदार्थ बोकेका सबै गाडीहरु भारतिय भन्सारबाट किलिरेन्स भएर नेपालको भन्सार कार्यालयमा भित्रिएको नेपाल आयल  निगमले जनाएको छ।