नेपालमा आइतबार संविधान जारी भएपछि भारतीय सीमावर्ती नेपाली भूभागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भातरले सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्न नेपालले तत्काल पहलकदमी नदेखाएका कारण अहिलेको विषम परिस्थिति सामुमा आएको भन्दै गैर कुटनीतिक सन्देश सार्वजनिक गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपालका लागि भारतीय राजदूत रणजित राय सोमबार  बिहान दिल्ली उत्रिएपछि  दिनभर विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा नेपाल मामिलामा परामर्श भएपछि अपरान्ह जारी बिज्ञप्तिमा चेतावनीयुक्त संकेतसहित सीमावर्ती क्षेत्रमा देखिएको तनावबारे नेपाली नेतृत्वलाई बारम्बार सजग गराइएको स्मरण गराइएको छ ।
भारतले बिहार राज्यमा असोज २५ गतेदेखि कात्तिक १९ सम्म ६ चरणमा हुन लागेको राज्यसभा निर्वाचनको प्रसंग जोड्दै सीमावर्ती तनाव र हिंसाजन्य गतिविधिबारे गत साता पनि विज्ञप्ति मार्फत सचेत गराएको थियो ।