काठमाडौं । नयाँ संविधान जारी भएको खुसियालीमा आयोजना गरिएको विशेष स्वागत समारोह  सैनिक मञ्च टुँडिखेलमा सुरु भएको छ ।

समारोहमा सहभागी हुन प्रमुख तीन राजनीतिक दलले विभिन्न स्थानबाट झाँकीसहितको ¥याली सुरु गरेका छन् । नयाँ संविधानको स्वागतका लागि नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

स्वागत समारोहलाई प्रधानमन्त्री सुशील कोइराला, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

स्वागत समारोहमा सहभागी हुन काठमाडौँका विभिन्न स्थानबाट नेवारी झाँकीसहितको ¥याली निकालिएको छ । नेवार, मगर, थारु, गुरुङ समुदायले आ–आफ्नै परम्परागत वेशभूषासहितको ¥याली निकालेका छन् ।

नेपाली सेनाको एक टुकडीसमेत ¥यालीमा सहभागी छ । नेपाल सरकारका विभिन्न सरकारी कार्यालयका कर्मचारी भद्रकालीबाट ¥यालीमा सहभागी भइरहेका छन् । विभिन्न पेसागत सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाज, उद्योगी र व्यवसायीसमेत सहभागी भएका छन् ।

विशेष समारोहमा सहभागी हुन काँग्रेसले शान्तिवाटिकाबाट, एमालेले बागबजारबाट र एमाओवादीले प्रदर्शनीमार्गबाट झाँकीसहितको जुलुस निकालेका छन् ।

प्रमुख तीन राजनीतिक दलले आइतबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर स्वागत समारोहलाई भव्य बनाउन आग्रह गरेको थियो ।रासस