कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। यस्तै प्रहरीको गोली लागि ३ जना गम्भीर घाइते भएका छन्। प्रहरी र प्रदर्शनकारीको झडपमा करिब तीन दर्जन घाइते भएका छन्।

घाइतेहरूको वीरगन्ज उपक्षेत्रीय अस्पतालमा उपचार भइहरेको छ। अहिले वीरगन्जको घन्टाघर, माइस्थान क्षेत्र तनावग्रस्त छ।

प्रहरीको गोली लागि मृत्यु हुनेमा स्थानीय पकाहमैनपुरका सत्रुधन पटेल रहेका छन्।