एजेन्सी । जापानी संसदले सेनालाई विदेशमा गएर लड्न अनुमति दिने कानून पारित गरेको छ । कानुन पारित भएसँगै अब जापानी सेनाले देश बाहिर गएर युद्ध लड्न पाउने छन् ।

दोश्रो विश्वयुद्धपछि पहिलो पल्ट जापानी सेनाले देश बाहिर गएर युद्ध गर्ने अनुमति पाएको हो । जापानी सेनालाई विदेशमा गएर युद्ध गर्न पाउने अनुमति दिइएपछि जापान अनावश्यक युद्धमा फस्ने डरमा विपक्षीहरुले यस कानूनको विरोध गर्दै आएका थिए ।

जसका कारण यो कानून पारित गर्न ढिलाई भएको थियो भने संसदमै कुटाकुट समेत भएको थियो । कानून पारित हुने बेलामा संसद भवन अघि भेला भएका जापानी नागरिकले हामी युद्ध हैन शान्ति चाहन्छौं भन्दै प्रदर्शन गरेका थिए ।