काठमाडौं । सरकारले विभिन्न जिल्लामा २६ वटा नगरपालिका थप्ने निर्णय गरेको छ । स्थानीय विकास मन्त्रालयको सिफारिस अनुसार कैलालीको धनगढी नगरपालिकालार्इ उपमहानगरपालिका बनाउने निर्णय पनि सरकारले गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास मन्त्रालयबाट सिफारिस भइआएका २८ मध्ये २६ स्थानलाई नगरपालिका बनाउने निर्णय गरेको हो ।

यस्तो छ नयाँ नगरपालिकाको सूची:

१) झापा जिल्लामामा गौरादह नगरपालिका

२) तेह्रथुम जिल्लामा लालीगुँरास नगरपालिका

३) सप्तरी जिल्लामा हनुमाननगर योगिनिमाई नगरपालिका

४) सिरहा जिल्लमा सुखिपुर नगरपालिका

५) सिरहा जिल्लामा धनगढी माई नगरपालिका

६) ललितपुरमा बज्रबारही नगरपालिका

७) चितवन जिल्लामा कालिका नगरपालिका

८) चितवन जिल्लामा राप्ती नगरपालिका

९) सर्लाहीमा बरहथवा नगरपालिका

१०) तनहुँ जिल्लामा भानु नगरपालिका

११) तनहुँ जिल्लामा आबुखैरेनी नगरपालिका

१२) नवलपरासी जिल्लामा मध्यविन्दु नगरपालिका

१३) कपिलवस्तु जिल्लामा भृकुटी नगरपालिका

१४) स्याङ्जा जिल्लामा भीर्कोट नगरपालिका

१५) लमजुङ जिल्लामा राईनास नगरपालिका

१६)लमजुङ जिल्लामा करापुटार नगरपालिका

१७)लमजुङ जिल्लामा मध्यनेपाल नगरपालिका

१८) जाजरकोट जिल्लामा नगरपालिकामा भेरीमालिका नगरपालिका

१९) रुकुम जिल्लामा चोरहजारी नगरपालिका

२०) सल्यान जिल्लामा बागचौर नगरपालिका

२१) सुर्खेत जिल्लामा शुभाघाट गंगामाला नगरपालिका

२२) अछाम जिल्लामा कमलबजार नगरपालिका

२३) कञ्चनपुर जिल्लामा बेलडाँडी नगरपालिका

२४) कञ्चनपुर जिल्लामा कृष्णपुर नगरपालिका

२५) कञ्चनपुर जिल्लामा बेदकोट नगरपालिका

२६) बर्दिया जिल्लामा बबई नगरपालिका