जुबा (दक्षिण सुडान)। दक्षिण सुडानको राजधानी जुबाबाट २५० किलोमिटर पश्चिमस्थित मारिदी सहर नजिकै भएको तेल ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको संख्या १०० पुगकोे यहाँको सरकारी स्रोतले बिहीबार जनाएको छ ।

यसअघि इन्धन सङ्कलन गर्दै गरेका कामदार नजिकै बुधबार भएको उक्त विस्फोटमा ८५ जनाको मृत्यु भएको छ भने करिब सय जना अन्य जलेर घाइते भएका राष्ट्रपतिका प्रवक्ता एटेनी बेक एटेले बताएका छन् ।

घाइते सबैलाई स्थानीय मारिनी अस्पतालमा उपचारका लागि लगिएको छ । आफ्ना साथीहरु विस्फोटमा परेपछि उद्धार गर्ने प्रयास गर्दा अन्य धेरै कामदार घाइते हुन पुगेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

“चिकित्सकको टोलीले घाइते सबैको पीडाकम गर्न अक्सिजन र दुखाई कम गर्ने औषधि दिए पनि ठूलो सङ्ख्यामा घाइते भएका सबैको पीडा कम गर्न डाक्टर र स्वास्थ्यकर्मी २४ घण्टा अनवरत् रुपमा खट्नुपरेको बताइएको छ ।” रासस/एएफपी