नेपालगन्ज ।  अख्तियार अनुसन्धान आयोगको कोहलपुरस्थित सम्पर्क कार्यालयको औषधि व्यवस्था विभागका एक कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले औषधि व्यवस्था विभाग, औषधि व्यवस्था कार्यालयका एक कर्मचारीलाई बुधबार बेलुका डेढ लाख घुससहित नेपालगन्जबाट पक्राउ गरेको हो ।

टोलीले नेपालगन्ज–सुर्खेत रोड अन्र्तगत जय मेडिकल हलबाट औषधि निरीक्षक सुरज गौतमलाई सो परिमाणको घुससहित रंगेहात पक्राउ गरेको हो ।

मेडिकलमा घुस लिँदा लिँदै बुधबार बेलुका औषधी निरीक्षक गौतमलाई पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालयले कोहलपुरले जानकारी दिएको छ । –