काठमाडौँ । असोज ३ गते जारी हुने नेपालको संविधान २०७२ अनुसार अब बन्ने प्रधानमन्त्रीको कार्यकाल कम्तिम दुई वर्षको हुने भएको छ । संविधानको धारा १०० को उपधारा ४ मा प्रधानमन्त्री विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाउने उल्लेख छ ।

दुई वर्ष पुरा भएपछि प्रधानमन्त्रीको विकल्पसहित संसदका एक चौथाई सदस्यले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव राख्न पाउने व्यवस्था मंगलबार संविधानसभाबाट बहुमतले पारित भएको छ ।

एकपटक अविश्वासको प्रस्ताव असफल भएपछि फेरि अर्को एक वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गराउन नपाउने  नयाँ संविधानको पारित धारामा उल्लेख छ । संविधानको धारा १०० मा तीनवटा संशोधन परेको थियो ।