काठमाडौं । मतदान प्रक्रियाबाट संविधानसभाले नेपालको राष्ट्रिय जनावर गार्इ र राष्ट्रिय पंक्षी डाँफे हुने टुंगो गरेको छ ।

नेपालको संविधानको परिमार्जित विधेयककलार्इ संविधानको अंग बनाउने क्रममा संविधानसभाको बैठकले धारा ९ मा राष्ट्रिय जनावर, पंक्षी, रंग र फूलको टुंगो बहुमतबाट लगाएको हो ।

दौरा सुरुवाल राष्ट्रिय पोशा नहुने भएको छ । सबै जातजातिका परम्परागत पोशक नै राष्रिय पोशाक हुनेछन् ।

नेपालको संविधानको परिमार्जित विधेयकको धारा ९ को उपधारा ३ मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पंक्षी डाँफे हुन व्यवस्था गरिएको छ ।