महोत्तरी। अान्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीमा सशस्त्र प्रहरीका एकजना असईको निर्मम  हत्या गरेका छन्। जलेश्वर दरबन्दी भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मालाई आन्दोलनकारीले लखेटी लखेटी खुकुरी, भाला प्रहार गरेर हत्या गरेका हुन्।

सशस्त्र प्रहरीका एसपी वीरेन्द्रबहादुर पाण्डेले घटनाको पुष्टि गरेका छन्।