काठमाडौं । संविधानसभाको जारी प्रक्रिया स्थगित हुने भएको छ ।  प्रक्रिया कम्तिमा दुई दिनका लागि स्थगित गर्न लागिएको स्रोतले बतायो । तराई लगायत मुलुकका बिभिन्न क्षेत्रमा भैरहेको हिंसात्मक आन्दोलनको समधान खोज्नका लागि प्रक्रिया स्थगन गर्न लागिएको हो  ।

स्रोतका अनुसार एमाओबादी नेता बाबुराम भट्टराई र भारतीय राजदुत रंजित रेको सुझाव अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमाले केपी ओलीलाई प्रक्रिया स्थगित गर्न प्रस्ताब गरेका थिए ।