जनकपुर।  विहानैबाट स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूको अवज्ञा गर्दै संयुक्त मधेशी मोर्चाले जनकपुरमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीलाइ नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ र अश्रुग्यास प्रहार गरिरहेको छ ।

जनकपुरको महावीर चोंक, विश्वकर्मा चोंक, राम चोंक, भानुचोंक, रमानन्दचोंक, बजरंगचोंकलगायत क्षेत्रमा प्रदर्शनकारीले कर्फ्यूको अवज्ञा गरेका छन् । ‘चलु जनकपुर, भरु जनकपुर’नाराका साथ संयुक्त मधेशी मोर्चाले गाउँगाउँबाट सर्वसाधरण आन्दोलनमा ल्याएका छन् ।

कर्फ्यूको अवज्ञा गर्दै मोर्चाले २ बजेपछि जुलुस निकाल्ने तयारी गरेको छ । यो प्रदर्शनलाई ध्यान दिएर सुरक्षा प्रबन्ध मिलाइएको धनुषाका प्रहरी उपरिक्षक गणेश बहादुर थापाले जनाए ।