काठमाडौं । एशेस क्रिकेट शृंखलाअन्तर्गत अष्ट्रेलिया र इंग्ल्याण्डबीच चौथो एक दिवसीय खेल हुँदैछ ।पाँच खेलको एक दिवसीय शृंखलामा पाहुना टोली अष्ट्रेलिया २–१ ले अगाडी छ ।

सुरुवाती दुई खेल गुमाएको घरेलु टोली इंग्ल्याण्डले तेश्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शृंखलामा पुनरागमन गरेको हो । घरेलु टोली शुक्रबार जित निकाल्दै शृंखला बराबरी गर्ने दाउमा छ । अष्ट्रेलियाले शुक्रबारको खेल जित्न सके एक खेल अगावै शृंखला कब्जा गर्ने छ । खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुने छ ।