काठमाडौं । देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने एकमात्र पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाइने भएको छ । सडक विभागका महानिर्देशक माधव कार्कीले पूर्व पश्चिम राजमार्गमा देखिएको चापलाई ध्यानमा राखेर सडक चार लेन बनाउन लागिएको जानकारी दिए ।

सडक चार लेन बनाउन सरकारले पहिलेदेखि आफ्नै स्रोत उपयोग गर्ने तथा दातृ निकायलाई पनि आग्रह गर्दै आइरहेको थियो । महानिर्देशक कार्कीका अनुसार पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाउन विश्व बैंक, एसियाली विकाश बैंक र अमेरिकाको सरकारी संस्था एमसीसीले आर्थिक सहयोग गर्ने भएका छन् ।