महोत्तरी । महोत्तरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा सेना परिचालन गरेको छ । बुधबार जिल्लामा ३ जना आन्दोलनकारी मारिएपछि स्थिति थप तनाव ग्रस्थ हुन नदिनका लागी सेना परिचालन गरेको हो ।

आन्दोलनकारीहरु उग्ररुप लिदै सरकारी कार्यलय र प्रहरीचौकीमाथी नै आक्रमण गर्ने गतिबिधी गरेपछि सेना परिचालन गर्नुे परेको प्रसासनले जनाएको छ।हिजो भएको झडपपछि जिल्लाको सुरक्षा व्यास्था सेनालाई दिने निर्णय प्रसासनले गरेको हो ।

महोत्तरीका बलवा, मनरा,पर्सापतैली लगायतका स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो रहेको छ । सेना परिचालनपछि त्यस स्थानका सडक सुनसान बनेको छ ।