एजेन्सी। बलिउडकी मोस्ट एलिजेबल ब्याचलर नायिकामा पर्छिन्, सोनाक्षी सिन्हा।  त्यसैले त उनलाई मिडिया वा घरपरिवार र आफन्तद्वारा सबैभन्दा बढी सोधिने प्रश्नमा बिहे नै पर्ने गर्छ। सोनाक्षी भने यति बेला बिहेमा भन्दा करिअरमै फोकस भइरहन चाहन्छिन्।

पाँच वर्षअघि नै ‘दबंग’ मार्फत बलिउडमा आएकी सोनाक्षी कहिल्यै पनि लभ अफेयर्सको गसिपमा परिनन्। सिंगल भएरै हो वा गोप्य राख्नमा माहिर भएर हो, सोनाक्षीसँग आजसम्म कुनै पुरुषको नाम जोडिएको छैन। त्यसैले पनि घर्कंदो उमेर र सिंगल स्टाटसले गर्दा नजिककाले उनलाई सिधैं बिहेको बारेमा नै सोध्ने गर्छन्।

सोनाक्षीले आफू अन्य कलाकारहरूजस्तो जटिल खालकी नभएको जिकिर गर्दै को–स्टारसँग सौहार्दपूर्ण वातावरण बनाउन र कुराकानी गर्न रुचाउने स्वभाव रहेको पनि प्रस्ट्याइन्। गसिप मच्चाउनेका लागि इंगित गर्दै सोनाक्षीले थपिन्, ‘त्यसैले पनि म एक्टरसँग बिहे गर्दिनँ।