एजेन्सी। बलिउड फिल्ममा समेत काम गरेकी भारतीय मोडल अर्शी खानले पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीसँग आफूले शारिरिक सम्बन्ध कायम गरेको स्वीकार गरेकी छन्। उनले आफ्नो ट्विटरमार्फत उक्त कुरा स्वीकार गरेकी हुन्।

ट्वीटमा अर्शिले ‘कसैसँग शारिरिक सम्बन्ध राख्न भारतीय मिडियाको अनुमती लिनुपर्ने हो’ भन्ने प्रश्न गरेकी छन्। विगत केही समयदेखी पाकिस्तान क्रिकेटका अलराउण्डर एवम् टि-ट्वान्टी टोलीका कप्तानसँग डेट गरिरहेको र दुवईको एक सात तारे होटलमा दुई दिन बताएको भन्ने खबरहरु बाहिरिएका थिए।