काठमाडौं। आज निजामति सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । यो दिवसको यस वर्ष नारा ‘भाषण नगर काम गर’ भन्ने तय गरिएको छ ।

मंगलबार बिहान दिवसको अवसरमा काठमाडौंमा प्रभात फेरि निकालिएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।

सेवा दिवसका अवसरमा अहिले बिहान दशरथ रंगशालामा मुख्य सचिव ११ र ट्रेड युनियन ११ बीच मैत्रीपूर्ण फुटबल हुँदैछ ।नेपालमा हाल झण्डै ८० हजार निजामती कर्मचारी छन् ।