एजेन्सी । तेलेगु फिल्म बाहुबलले बक्स अफिसमा सारा रेकर्ड तोड्दै ऐतिहासिक सफलता पाएको थियो। दर्शकले यो फिल्मलाइ निकै मन पराएका थिए। स्पेसल भिजुअल ग्राफिक्स‍हरु प्रयोग गरि पुरानो समयकालको कथावस्तु देखाउन यो फिल्म निकै सफल भएको थियो। तेलेगु फिल्म भएपनि शानदार हिन्दी डबिङका कारण यो फिल्मले ठुलो सङ्ख्यामा दर्शक तान्न सकेको थियो। यहि बाटो पछ्याउदै अर्को एक तेलेगु फिल्म ‘रुद्रमादेवी’ अक्टोबर ९ देखि हिन्दीमा प्रदर्शन हुने तय भएको छ।

अभिषेक पिक्चर्स र रिलायन्स इन्टरटेन्मेन्टले निर्माण गरेको यो फिल्मलाई गुणशेखरले निर्देशन गरेका छन्। यो फिल्म हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा एकसाथ प्रदर्शन गरिनेछ।

फिल्ममा अनुष्का सेट्टीलाई ‘रुद्रमादेवी’ को भुमिकामा देख्न पाइनेछ। काकतीय राजवंशको तेस्रो शताब्दीकी एक महिला शासकको जीवनीमा यो फिल्म आधारित छ।