एजेन्सी । नायक ऋतिक रोशन र नायिका सोनम कपुर अहिले केही नजिक देखिएका छन् । चर्चित र्‍यापर हनी सिंहले तयार पारेको म्यूजिक भिडियोमा यो जोडी देखिएको छ । भिडियो सार्वजनिक कार्यक्रममा ऋतिकले सोनमसँग काम गर्ने इच्छा जनाएका छन् ।

यो जोडीले सन् १९९० को चर्चित गीत ‘धिरे धिरे’को रिमेकमा काम गरेको हो । यो गीतमा ऋतिक र सोनमको जोडीलाई खुबै आकर्षक देखाइएको छ ।उनले सोनमसँग आफूले एउटा चलचित्रमा काम गर्न आवश्यक रहेको पनि खुलाए ।