एजेन्सी। दोस्रो बिश्वयुृद्ध अन्त्य भएको ७० औं वर्षगाँठको अवसरमा चीनले बिहीबार भब्य सैन्य प्रदर्शन गर्ने भएको छ ।राजधानी बेइजिङको तियानमैनमा हुने सैन्य परेडमा १२ हजारभन्दा बढी सेनाले सैन्य कौशल प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसका साथै २ सय भन्दा बढी सैन्य बिमान आकाशमा उडाइनेछ भने त्यति नै संख्यामा युद्धपोत प्रदर्शन गरिने भएको छ ।बिशेषतः दोस्रो बिश्वयुद्धमा जापान पराजित भएको संकेत स्वरुप यो विशाल परेड आयोजना गरिएको विज्ञहरुको बिश्लेषण छ ।

चिनले परेडमा सामेल गराउने सैन्य शक्तिमध्ये ८० प्रतिशत सामाग्री पहिलो पटक जनतामाझ सार्वजनिक गर्न लागिएको हो ।कार्र्यक्रममा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, दक्षिण कोरिया, पाकिस्तान, क्युवालगायत बिभिन्न ३० देशका प्रतिनिधी वेइजिङ पुगेका छन् ।