काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शास्त्र क्षेत्रमा विभिन्न माग राख्दै थालेको अनसन दशौं दिन पुग्दा समेत उहाँको मागको सुनुवाई नभएको भन्दै चौतर्फी सरकारको विरोध सुरु भएको छ । केसीले राख्दै आउनु भएको माथेमा प्रतिवेदनको पूर्णरुपमा कार्यान्वयनको मागको समर्थन गर्दै विद्यार्थीहरु पनि सडकमा उत्रिएका छन् ।

सयौंको संख्यामा बुधवार राजधानीको विभिन्न मेडिकल लगायत अन्य कलेजका विद्यार्थीहरुले प्रदर्शन गरेका छन । डा. केसीले चिकित्साशास्त्र क्षेत्रमा उठाएका मागहरु सरकारले पूरा नगरेको र उहाँको अनशनको दशौं दिन पुग्दा समेत सरकारले उहाँका माग पुरा नगरेकोले अनसनरत केशीको मागलाई सम्वोधन गर्न दवाव स्वरुप पदर्शन गरिएको हो ।

डा. केसीले उठाएको माथेमा प्रतिवेदन पूर्णरुपले सरकारले कार्यान्वयन नगरेसम्म आफुहरुको प्रदर्शन जारी रहने प्रदर्शनमा सहभागी डा. अनमिका प्रियदर्शनी वताउनुभयो ।  प्रदर्शनमा विद्यार्थीहरुले डा. केशीले उठाएका मागहरु पूरा गर्नुपर्ने, माथेमा प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन गरिनु पर्ने , मेडिकल क्षेत्रका माफियाहरुलाई सफल हुन दिन नहुने माग राख्दै नाराबाजी गरेका थिए ।