काठमाडौं । एसियाली क्रिकेट परिषद (एसिसी) को अन्तिम प्रतियोगिताका रूपमा रहेको एसिसी यु–१९ क्रिकेट जित्ने लक्ष्यसाथ मलेसिया पुगेको नेपालले युएईलाई १ सय ४९ रनले हराउँदै राम्रो सुरुआत गरेको थियो।

राष्ट्रिय टोलीमासहायक भएर काम गरिसकेका जगत टमाटाको प्रशिक्षणमा रहेको नेपालदोस्रो खेलमा अफगानसँग १० विकेटले पराजित भएपछि उपाधि जित्ने लक्ष्यमा धक्का लागेको थियो। तर, घरेलु टोली मलेसियालाई ८ विकेटले , मंगलबार कुबेतलाई ८३ रनले हराएपछि प्रिमियर लिगमा नेपाल तेस्रो स्थानमा पर्ने पक्का भएको हो ।

मलेसियामा जारी एसीसी यु-१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोटमा परेका हुन् ।मंगलबारको खेलमा नेपालले कुबेतलाई ८३ रनले हराएपछि प्रिमियर लिगमा नेपाल तेस्रो स्थानमा पर्ने पक्का भएको हो ।

नेपाली टोलि एसिया कपका लागि छनोटमा परेको मलेसियामा रहेका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर सत्यजित सरकारले जानकारी दिए ।नेपालसँगै अपगानिस्तान र मलेसिया पनि प्रिमियर लिगको शीर्ष तीनभित्र पर्दै एसिया कपको लागि छनोटमा परेका छन् ।