काठमाडौं । मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी एलाइट कप क्रिकेट प्रतियोगितामा नेपालले कुवेतलाई २ सय ५१ रनको लक्ष्य दिएको छ । प्रतियोगिता अन्तर्गत जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५० रन बनायो ।

६६ रन बनाउँदा ६ विकेट गुमाएको नेपाललाई ऐरी र खनालले सातौ विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८४, सौरभ खनालले ७३ र प्रेम तामाङले अविजित २३ रन बनाए ।