शरीरलाई स्वस्थ, चुस्त–दुरुस्त बनाउनको लागि स्वस्थकर आहार गर्नु बद्धिमानी हुन्छ । दिमागलाई स्वस्थ राख्ने खास कुराहरु के के हुन् त ? जानीराखौँ ।

पालुङगो : पालुङगो र अन्य पत्तादार हरियो सागसब्जीको सेवनले हाम्रो शरीरलाई आवश्यक पर्ने आईरन मिल्छ जसले स्मरण शक्ति बृद्धि गर्छ र दिमागलाई तेज गर्ने न्यूरोट्रांसमिटर्स बहाव हुन्छ ।

जामुनी फल : कालो अंगुर, जामुन जस्ता काला रंगका फलफुलहरुमा एंटिअक्सिडेन्ट, भिटामिन, प्लान्ट कंपाउन्ड जस्ता फाइटोकेमिकल्स हुन्छ जुन दिमागी कोशिकाहरुलाई क्षतिग्रस्त हुबाट जोगाउँछ ।

सुकेको फल : भिटामिन ई को प्रमुख स्रोत ओखर, बदाम, काजु, तिल जस्ता खानेकुराले दिमाग चुस्त हुन्छ ।

अनार : अनारको जुसमा पाईने एंटी अक्सिडेन्ट दिमागमा हुने फ्री रेडिकल्स ९ एक किसिमको रसायन जुन रेडिएशन, प्रदुषण र धुम्रपान आदिको कारण शरीरमा बढेदै जान्छ र कोशिकाशरुलाई हानी पुर्याउँछ ० को प्रभावबाट बचाउँछ । यी फ्री रेडिकल्सको सबैभन्दा बढी असर हाम्रो दिमागलाई पुर्याउँछ ।

गोभी : फूलगोभी, ब्रोकाउली र बन्दाकोपीमा एंटी अक्सिडेन्ट तथा अन्य पोषक तत्वले भरीपुर्ण भएको हुन्छ । यसले दिमागको क्षमतालाई नकारात्मक प्रभावबाट बचाउँछ ।

स्ट्रबेरी : वैज्ञानीकहरुले अध्ययनका क्रममा स्ट्रबेरी, ब्लू बेरी जस्ता फलमा दिमागलाई अक्सीडेटिव स्ट्रेसबाट सुरक्षित राख्ने क्षमता हुन्छ जसले बढ्दो उमेर समुह, अल्जाईमर र डिमेँशिया जस्ता रोगहरुको खतरा कम हन्छ ।

टमाटर : यसमा लाइकोपीन पावरफुल एंटी अक्साईड पाईन्छ । क्यान्सरप्रतिरोधी गुणको लागि परिचित टमाटर फ्री रेडिकल्सको प्रभाव कम हुन्छ । यसबाट अल्जाइमर र डिमेशिंयाको खतरा कम हुन्छ । यो संगै ब्राउन ब्रेड, मकैको रोटी, ब्राउन राईस, दाल र खिचडीको सेवनले पनि दिमागलाई फाईदा पुर्याउँछ ।