काठमाडौँ । एसियाली क्रिकेट परिषद् उन्नाइस वर्षमुनि (एसिसी यु–१९)को प्रिमियर लिग क्रिकेटअन्तर्गतको दोस्रो खेलमा नेपाल चिरपरिचित अफगानिस्तानसँग १० विकेटले पराजित भएको छ।
मलेसियाको किनरारा मैदानमा शनिबार टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा ४७.५ ओभरमै सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो। नेपालले प्रस्तुत गरेको १२४ रनको सामान्य लक्ष्य अफगानिस्तानले केवल २५ ओभरमा बिनाविकेटको क्षतिमा सजिलै पूरा गर्यो।
सहज जितका लागि अफगानिस्तानका ओपनरद्वय नसिर खान र हजरातुल्लाहले पहिलो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरे। नसिर ५७ र हजरातुल्लाह ६८ रनमा अविजित रहे।
नेपालले आफ्नो तेस्रो खेलमा सोमबार घरेलु टोली मलेसियासँग खेल्ने छ।