काठमाडौं । बैंकका कर्मचारीहरूकै मिलेमतोमा कृषि विकास बैंक स्वयम्भू शाखाबाट झण्डै ३४ करोड रुपैयाँ हिनामिना भएको खुलासा भएको छ।

रकम हिनामिनाको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार बैंकका ९ जना कर्मचारी पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंकको स्वयम्भू शाखाका प्रमुख सुमन भुजेल, लेखापाल गीता पन्त र शाखा अधिकृत केदारप्रसाद गौतम, सम्झना पोखरेल जेनी श्रेष्ठ, भरत बहादुर बाँनिया, सूर्य ब.लिम्बु, सन्दीप गुप्ता र राम कुमार कुम्हार छन्।

पन्त र गौतमले कोर बैंकिङ सिस्टम लागू नभएका शाखाहरुमा रेमिट्यान्सबाट रकम आएको देखाएर आफ्नो समूहले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए। उनीहरुले २०७१ असारदेखि एक वर्षमा ५५ पटकमा गरी ३३ करोढ ८२ लाख ५ सय ७८ रुपैयाँ निकालेका सिआइबीले जनाएको छ।