काठमाडौं । राष्ट्रिय अवार्ड विजेता अभिनेत्री ऋचा शर्माले अभिनय सिकाउने भएकी छिन्। आगामी भदौं १८ देखि सुरु हुने ‘नो एक्टिङ पिल्ज’ नामक कार्यशालामा उनले अभिनय, फिल्म र प्राविधिक पक्षहरुलाई समेट्ने छिन्।
तीन दिने कार्यशाला लाजिम्पाटस्थित विल्नेस अग्यानिक क्ल्ब आयोजना हुनेछ । कार्यशालामा अभिनेत्री शर्मासहित निर्देशक निश्चल बस्नेत, छिरिङरितार शेर्पा, राजन खतिवडा, कर्मा, शैलेन्द्रध्वज कार्की, प्रचण्डमान श्रेष्ठ र रचना गुरुङ शर्मा लगायतले प्रशिक्षण दिनेछन् ।
‘अभिनय, फिल्म र प्राविधिक पक्षबारे मैले सिकेका कुराहरु यससम्बन्धी रुचि राख्ने मानिसहरुसँग आदान प्रदान गर्न चाहान्थे । कार्यशाला फिल्म,अभिनय र व्यत्तित्व विकाससम्बन्धी काम गरिरहेको व्यत्तिहरुसमेत जोडिएपछि काम उत्साहित भएको हु,’उनले भनिन्,’
प्रशिक्षकहरुले निर्देशन, अभिनय, स्क्रिष्ट लेखन, सिनेमेट्रोग्राफी, फोटोग्राफी, व्यक्तित्व विकास, कोरियोग्राफी र फिल्म समिक्षामाथि कार्यशाला दिनेछन्। कार्यशालामा सहभागिताको लागि २५ सय रुपैंया शुल्क राखिएको छ।