८ भदौ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६ किलो चरेस सहित तीन जना पक्राउ परेका छन् । जेट एयरलाइन्सको विमान चढेर भारत जान लागेकाहरुको साथबाट चरेस बरामद भएको हो । पक्राउ परेकाहरुबारे प्रहरीले केही खुलाएको छैन ।