८ भदौ,कैलाली । कैलालीको अवस्था आज पनि तनाबग्रस्त बनेकाे छ ।  कैलालाीका पहाडी समुदाय आक्रोसित भएका छन् । पहाडी समुदायमा युवाहरुले प्रहरीले लगाएको कफर््यु तोड्दै प्रदर्शन गरेका छन् ।

स्थानिय महिला र युवाहरुका समुह थारु बस्तिमा पसेर तोड फोड गर्न सुरु गरेका छन् । स्थानिय सूर्य नारायण चौधरीको तीन तले घरमा तोड फोड गरिएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनकालागि २ राउण्ड हवाई फायर समेत गरेको छ । हवाइ फायर गरेको प्रहरीले अवस्था गंभिर भए गोली समेत चलाउन सक्ने भन्दै माइकिङ गरिरहेको छ ।