८ भदौ, काठमाडौं । बङ्गलादेशलाई पराजित गर्दै नेपाल पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलमा समूह एको विजेता बनेको छ ।सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै ६ अंक जोडेको नेपाल समूह विजेता बन्यो । यसअघि नै सेमिफाइनल पुगेको बंगलादेश उपविजेता बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले ११ औं मिनेटमा रोहित सरकारको गोलबाट अग्रता लिएको थियो । तर, १८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

खेल बराबरीतिर उन्मुख भएको बेला अन्तिममा नेपालका अन्जन तामाङले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए ।