काठमाडौं। पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले एउटा म्युजिक भिडियोमा अभिनय गरेबापत एक लाख लिएकी  छिन्। मुम्बईमा टिसिरिजको एउटा गीत रिमेकमा काम गरेर फर्किएकी उनले नेपाली फिल्मको गीतका लागि एक लाख रुपैयाँको लिएकी  हुन्।
पुरानो नेपाली फिल्म ‘माइतीघर’ को गायक प्रेमध्वज प्रधान र उपा मंगेस्करको ‘नमान लाज’ को रिमेकमा गीतमा उनले सो रकम पारिश्रमिक लिएकी हुन्।

हालै सार्वजनिक भएको गायिका देविका बन्दनाको ‘सधै सधै’ म्युजिक भिडियोमा अभियन गरेबापत भने उनले ८० हजार लिएकी थिइन्।
बलिउड सिनेमा ज्याकपटको गीत ‘कभी जो बादल वर्षे’मा रोमाञ्चक प्रस्तुति दिँदै सृष्टिले आफ्नो म्युजिक भिडियो अभिनय सुरुवात गरेकी थिइन्।