नारिहरुको महान चार्ड तीज नजिकिदै गर्दा बजारमा सयौंको संख्यामा तीज गीतहरु निस्कियका छन् | तर तीज गीतहरु तीजको वास्तविक मर्म भन्दा धेरै पछाडि रहेको र कती गीत त छाडा र अस्लील खालको भयर बिबादमा सम्म आय। यही परिबेशमा वास्तविक तीज, गीतको मर्म भरियको गीत बजारमा आयको छ र निकै प्रशंसा बटुलिहरेको छ। विनाशकारी भुकम्पले बिहे गरेकै साल आफ्नो पती लाई गुमायर सिउदो पुछियकी चेलीको तीज कस्तो हुन सक्ला ? यही बिषय बस्तुलाई निकै कारुणिक शब्दमा उतारेर पुरानो मौलिक लय दियका हुन् – चर्चित सर्जक शिब हमाल ले।  यो गीतमा सुमधुर आवाज दियका छन् युवा पुस्ताका लोक गायक रविन लामिछाने र चर्चित गयिका देवी घर्तीले । कपिल लामाको  निर्देशन जसमा अभिनय सुनिल लामिछाने र रन्जिता गुरुङ गरेका छन् ।  शिब हमाल भन्छन् – मैले धरै गीतहरु लेखें तर यो गित एकदमै मार्मिक छ | उनले यो गीतका गयक रविन को पनि खुलेरै प्रशंसा गरे। वास्तवमै सुन्न अनी हेर्न मिल्ने गीत बनेको छ |गोर्खा चौतारी म्युजिक का प्रोपाइटरसुनिल भन्छन् तीज गीत भनेको त यस्तो पो हुन पर्छ। गीतकि मोडेल नायिका रन्जिता गुरुङले पनि गीत ले आफ्नो ज्याननै सिरिङ्ग पारेको र यस्ता गीत नै वास्तविक तीज गीत भयको बताइन ।

https://www.youtube.com/watch?v=ACSvYPm4EEs