मुम्बई । बलिउडमा सेक्सी छविकी स्लिम नायिका नरगिस फाखरीले एक महिनामा चार किलो तौल घटाएकी छन्।तौल घटाउन अहिले उनी दैनिक दस हजार पाइला हिँड्ने गरेकी छन्। खानामा पनि उनले नियन्त्रण सुरु गरेकी छन्।
सामाजिक सञ्जालमा हालै उनले एउटा स्टाटस पोस्ट गरेकी छन्, ‘छायांकन चलिरहेको समयमा राति मलाई भोक लाग्यो। प्लेटमा राखेको फ्रेन्च फ्राइजले मलाई बोलाइरहेको थियो तर आफ्नो मनलाई सम्झाएँ।’
ग्ल्यामरस, सेक्सी एवं स्लिम छवि बनाएकी उनले आफ्नो तौललाई अझ कम गरेकी हुन्। त्यसका लागि उनले आफूलाई एलर्जी हुने खानेकुरा आफ्नो मेनुबाटै हटाएकी छन्। जसले तौल घटाउन सहयोग पुर्‍याएको उनको भनाइ छ।
विभिन्न चलचित्रमा अभिनय गरे पनि रकस्टारबाट ख्याति कमाएकी उनले साधारण र स्वास्थ्यवद्र्धक खाना खान सबैलाई सुझाव दिएकी छन्। एजेन्सी