जाजरकोट, भदौ ४ गते । जिल्लाका विभिन्न गाविसमा पहिरोको कारण ४४ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जिल्लाको ढिमे गाविस–६ मा परे नेपाली, दलबहादुर तिरुवा, तुल्सी तिरुवा, सर्जन तिरुवा, अवे तिरुवा, रत्न रोकाय, तुल्से रोकाय, ढिमे–३ मा परवीर खड्का, उज्जल खड्का, तुले खड्का र नरबहादुर खड्काको घर पहिरोको जोखिममा परेको भन्दै सुरक्षित स्थानमा गोड बनाएर बसेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

त्यस्तै अछानी–९ टापुचौरमा सात घरधुरी पहिरोले घर जोखिममा परेको भन्दै विस्थापित भएका छन् । ढिमेकंै वडा नं ३ को भारमा मा ३० घर जोखिममा परेर पाल हालेर खुल्ला आकाशमा बसेको प्रहरीले बताएको छ । विस्थापित जिल्ला प्रशासन कार्यालयमा राहतका लागि आएको प्रजिअ गौतमले बताउनुभयो ।