एजेन्सी । बलिउडमा अहिले बायोपिक चलचित्रको चर्चा खुबै हुने गरेको छ । बायोपिक चलचित्र बनाउन निर्माता र निर्देशक पनि अगाडि देखिएका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको बिषयमा चलचित्र ‘धोनी : द अनटोल्ड स्टोरी’को निर्माण हुँदैछ । निरज पाण्डेले निर्देशन गर्न लागेको यो चलचित्रका लािग मुख्य भूमिकामा सुशान्त सिंह राजपुत देखिदैछन् ।

तर, धोनीकी पत्नी साक्षीको भूमिकाका लागि भने कलाकार फाइनल गरिएको थिएन । लामो समयदेखि साक्षीका लागि नायिकाको खोजी भैरहेको थियो ।

चलचित्र ‘फग्ली’बाट बलिउडमा पाइला राखेकी नायिका कियारा आडवाणीले साक्षीको भूमिका निर्वाहा गर्ने भएकी छिन् ।