एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत अब कामबाट मात्र होइन् कमाईको रेकर्डमा पनि बलिउड ‘क्वीन’ बनेकी छिन् । समाचार एजेन्सीका अनुसार कमाईको रेकर्डमा दीपिका पादुकोण र करीना कपूरलाई पछ्याउँदै कंगना सबैभन्दा बढी पारिश्रमिक लिने महंगो कलाकार पनि बनेकी छिन् ।

समाचार अनुसार बलिउड ‘क्वीन’ कंगना रनौतले आफ्नो पछिल्लो फिल्म ‘तनु वेड्स मनु रिटर्न्स’बाट ११ करोड रुपैयाँ पारिश्रमिक लिएकी थिईन् । यसको साथै उनले कमाईको रेकर्डमा दीपिका पादुकोण र करीना कपूरलाई पछ्याएकी हुन् ।

यो भन्दा पहिला बलिउडकी हट एक्ट्रेस दीपिका पादुकोण सबैभन्दा बढी पारिश्रमिक लिने एक्ट्रेसका रुपमा चिनिन्थन् । दीपिका एक फिल्मबाट करिब ९ करोड रुपैया पारिश्रमिक लिने गर्छिन् ।

दीपिकापछि दोस्रो नम्बरमा अभिनेत्रीको नाम आउँछ बलिउडकी ‘बेबो’ यानी करीना कपूरको जो आफ्नो हरेक फिल्ममा करिब ८ देखि ९ करोड रुपैयाँ पारिश्रमिक लिँदै आएकी छिन् ।