कपिलवस्तु : कपिलवस्तु अहिले तनावपूर्ण छ। सदरमुकाम तौलिहवामा  प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पटकपटक लाठीचार्ज, अश्रुग्यास र हवाइ फायर गरेको छ भने प्रदर्शनकारीहरुले पनि सुरक्षाकर्मीमाथि ढुंगामुढा गरिरहेका छन् ।
प्रदर्शनकारीहरुले सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यलयलाई लक्षित गरेर पेट्रोल बम र गुलेली प्रहार गरिरहेका छन्। तौलिहवाको प्रशासन चोकमा प्रदर्शनकारीहरुले सिडियो अफिसलाई घेरेर ढुंगामुढा सुरु गरेपछि स्थित तनावपूर्ण भएको हो।