३१ साउन, काठमाडौं । श्रावण ३१ र ३२ गतेको बन्द सफल पारौं भन्दै माइकिङ गर्दै हिड्ने २० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शनिबार पक्राउ पर्नेमा काठमाडौं लाजिम्पाटबाट बा१ज २२४० नम्बरको ट्याक्सी चालकसहित ३ जना, कलंकी खसीबजारबाट बा१ज ३२३३ नम्बरको ट्याक्सी चालकसहित ३ जना, काठमाडौंमहानगरपालिका–२० परोपकारबाट बा१ज ४७१० नम्बरको ट्याक्सी चालकसहित २ जना, ललितपुर ग्वार्को चोकबाट बा१ज ७१८ नम्बरको ट्याक्सीसहित २ जना, लगनखेल चोकबाट बा१ज ५४०९ नम्बरको ट्याक्सीसहित २ जना, ललितपुर बुंगमतीबाट बा४च २०२० नम्बरको कारसहित ४ जना, भक्तपुर मध्पुर ठिमी नगरपालिका–१३ बालकुमारी चोकबाट बा१च ३३७२ नम्बरको कारमा पर्चा २ बोरा, माइक २ थानसहित ४ जना गरी २० जना रहेका छन् ।

पत्रकार धमला कुटिए

पत्रकार धमलामाथि आक्रमण भएको छ। नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो। आक्रमण हुनेवितिकै उनी ओर्लिएका थिए। आफूमाथि आक्रमण भएको भन्दै संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई गुहार्दा उल्टै थर्काइ खाएको धमलाले बताए।  उनी चढेको बा५च ४७७८ कार बन्दकर्ताले तोडफोड गरेका छन्।