काठमाडौं, श्रावण ३०। शनिबार बिहान १०ः१० बजे दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युटको पराकम्पन गएको छ ।

गत वैशाखको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम कै निरन्तरतास्वरुप शनिबार बिहानको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार साँझ ६ बजेर४७ मिनेटको समयमा दोलखा नै केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूटको पराकम्पन गएको थियो ।