काठमाडौं । यो हप्ताको सुरुदेखि नै उकालो लाग्न थालेको सुनको भाउ बुधबार पनि बढेको छ । बुधबार एकैदिन सुनको भाउ तोलामा सातसय रुपैयाँले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ४८ हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि मंगलबार तोलाको ४८ हजार दुईसय रुपैयाँमा सुनको कारोबार भएको थियो ।   बुधबार चाँदीको भाउ पनि पाँच रुपैयाँ बढेको छ । महासंघका अनुसार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।