मुम्बई । नायिका राधिका अप्टेले बाथरुममा नुहाउँदै गरेको तस्वीर सार्वजनिक भएको प्रसंग सेलाउन नपाउँदै अर्कि नायिकाको पनि न्यूड भिडियो सार्वजनिक भएको छ ।

भारतीय समाचार माध्यमका अनुसार पछिल्लो पटक नायिका हंसिका मोटवानीको नुहाउँदै गरेको भिडियो सार्वजनिक भएको छ ।

अहिले इन्टरनेटमा भिडियो भाईरल बनेपछि हंसिका तनाबमा छिन् । आफुलाई बद्नाम गराउन कसैले भिडियो सार्वजनिक गरेको उनको आरोप छ । अर्कि नायिका राधिकाले पनि ईन्टरनेटमा न्यूड तस्वीर सार्वजनिक भएपछि अरु कसैले बद्नाम गराउनसार्वननिक गरेको प्रतिक्रिया दिएकी थिइन् ।

बलिउडकर्मीहरुका अनुसार सेल्फी खिचेको न्यूड भिडियो सार्वजनिक हुनुमा नायिका स्वयं जिम्मेवार छन् । केही नायिका यस्ता पनि छन् । जो आफैं न्युड तस्बिर खिचाउँछन्, इन्टरनेटमा राख्छन् र मेरो बद्नाम भो भन्छन ।

दक्षिण भारतीय नायिकाहरुमा यो क्रम बढ्दो छ । राधिका र हंसिका दुबै दक्षिण भारतीय नायिका हुन् । १० वर्षकै उमेरमा छोटो पर्दामा अभिनय सुरु गरेकी हंसिकाले १६ वर्षको उमेरमा ठूलो पर्दामा प्रवेश गरेकी थिइन् ।

सन २००३ मा प्रदर्शनमा आएको राकेश रोशन निर्देशित चलचित्र ‘कोई मिल गया’मा हंसिकाले वाल कलाकारको भुमिका निर्वाह गरेकी थिईन् । त्यसको चार वर्षपछि सन २००७ मा हिमेश रेशमियाको जोडी बनेर चलचित्र ‘आपकी सुरुर’ देखा परिन् ।
‘आपकी सुरुर’ मा उनको अभिनय भन्दा पनि शरिरको चर्चा भएको थियो । उक्त चलचित्रमा उनी बोल्ड रुपमा प्रस्तुत भएकी थिइन् ।