काठमाडौं । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ दुईसय रुपैयाँले बढेको छ । अघिल्लो हप्ता स्थिर देखिएको सुनको भाउ यो हप्ताको पहिलो दिन भने बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ४७ हजार ४७ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो हप्ताको केही दिन सुन ४७ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो ।  साउनयता ओरालो लागेको सुनको भाउ चार वर्षयताकै न्यून मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेर तोलाको ६ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।